Dabali News

संस्थापक अध्यक्ष र सचिव नै नेकपातिर, माओवादी केन्द्रको प्रवास संगठनमा हलचल 

६ फागुन

यूएई । नेकपा एमालेसँग एकताको नजिक पुग्दा माओवादी केन्द्र निकट प्रवासी संगठनमा हलचल मच्चिएको छ । वैदेशिक रोजगारीको क्रममा यहाँ पुगेर माओवादी केन्द्रको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चको सुरुवात गरेका संस्थापक अध्यक्षसहित दर्जनौं नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चामा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र एमालेमा विलय हुन लागेको भन्दै मञ्‍चका संस्थापक अध्यक्ष दुर्गा पोखरेलसहित दुबई क्षेत्रीय कमिटिका सचिव बाबुराम गौतम पनि जनप्रगतिशील मोर्चा युएईमा समाहित भएका छन् । जनयुद्ध दिवसको अवसरमा अायोजित कार्यक्रममा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दै पोखरेलले एकीकृत क्रान्तिमार्फत अगाडि बढ्‍ने अान्दोलनलाई सहयोग गर्ने बताएका थिए ।

दुबईको एभरेष्ट मार्सल हलमा भएको कार्यक्रमका प्रमुख अतिथि तथा युएई मोर्चाका बरिष्ठ सल्लाहकार समर खत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

एकीकृत पार्टी हुने बेला १० वर्षअघि पोखरेलकै अगुवाइमा मञ्‍चको स्थापन भएको थियो । पार्टीसँगै प्रवासी संगठनमा विभाजन अाएपनि पोखरेल माओवादी केन्द्रमै रहेर प्रवासी नेपालीहरुको हक र अधिकारको लागि काम गर्दै अाएका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा युएईका अध्यक्ष मनोज काउछा, वरिष्ठ सल्लाहकार समर खत्री, पृथीछक बुढा, प्रेस सल्लाहकार केबी गुरुङले लगायत नयाँ प्रवेशीलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रमको स्वागत मन्तब्य मोर्चाका बरिष्ठ उपाध्यक्ष कमल पोख्रेलले गरेका थिए भने उक्त कार्यक्रमको संचालन मोर्चाका महासचिव केदार लम्सालले गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]