Dabali News

चर्चित अभिनेता कादर खानको मृत्यु, तीन सयभन्दा बढी चलचित्रमा अभियन

१६ पुस

काठमाडौँ । बलिउडका चर्चित अभिनेता एवं हास्य कलाकार कादर खानको निधन भएको छ । केहि समय अघिदेखि बिरामी भएर अस्पतालमा भर्ना भएका खानको ८१ व्र्षको उमेरमा क्यानडामा निधन भएको हो ।

खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । कादर खानले ३०० भन्दाबढी चलचित्रमा अभिनय गरेका थिए । खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको लेखन समेत खानले गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]