Dabali News

रुपान्तरणको लागि प्रलेसः यथास्थितिलाई चिरेर अघि बढ्नु पर्ने सुझाव

१६ पुस

काठमाडौं । प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथिबारे बहस भएको छ । सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको जीवनका बारेमा प्रगतिशील लेखकहरुले धारणा राखेको थिए ।

नेपालका वामपन्थीनिकट लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ २००९ सालमा स्थापना भएको थियो । बक्ताहरुले प्रलेस आफैँमा रूपान्तरण आवश्यक रहेको कुरा उल्लेख गर्दै सबैतिरको कमी–कमजोरीको भण्डाफोर गर्न सक्छ कि सक्तैन भनेर प्रश्न समेत उठाए ।

आइतबार सम्पन्‍न कार्यक्रमका वक्ताहरूले प्रगतिशील लेखक सङ्घले ठोस नीतिहरू निर्माण गर्दै यथास्थितिलाई चिरेर अघि बढ्नु पर्ने धारणा राखे । नेपालमा वर्गसंघर्ष अन्त्य नभएको र निरन्तर क्रान्ति आवश्यक रहेकोले यसको औचित्य अझ बढेको कुरामा पनि बक्ताहरुले जोड दिए । संङ्घमा आउने व्यक्तिहरुको बारेमा सम्बन्धित पार्टीमा पनि छलफल गर्नुपर्ने धारणा पनि बक्ताहरुले राखे । उनीहरुले सत्ताको तावेदारी गर्न नहुने कुरामा जोड रहेको थियो ।

प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त ‘रूपान्तरणका लागि प्रलेस’ विषयक अन्तरक्रिया कार्यक्रममा कवि, साहित्यका तथा राजनीतिकर्मी मणि थापा, सांस्कृतिक चिन्तक तथा राजनीतिकर्मी शान्ता मानवी, लेखक, पत्रकार तथा राजनीतिकर्मी गुणराज लोहनी, कवि तथा साहित्यकार बलराम तिमिल्सिना, कवि, साहित्यकार, समालोचक तथा प्रलेस महासचिव आरएम डंगोललगायत वक्ताहरूले आ–आफ्ना महत्वपूर्ण र सारगर्वित धारणा राखेका थिए ।

अनामनगरस्थित संवाद डबलीमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रलेस सचिवालय सदस्य आरसी न्यौपाने तथा धन्यवाद ज्ञापन वरिष्ठ सचिव पुण्य गौतामले गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रादेशिक इन्चार्ज एवम् संयोजक खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रलेस केन्द्रीय सदस्य प्रकाश थापा मगरले गरेका थिए ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घक केन्द्रीय उपाध्यक्ष राप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्टलगायत केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू, केन्द्रीय समितिका सदस्यहरू, राष्ट्रिय परिषद्का सदस्यहरू तथा अन्य प्राज्ञिक–बौद्धिक वर्गको सघन उपस्थिति रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]