Dabali News

५६ लाख ६० हजार लागतमा शिखर नगरपालिकाद्धारा बस संचालन

१५ पुस

डोटी । जिल्लाको शिखर नगरपालिकाले बस सेवा संचालन गरेको छ ।

नगर क्षेत्र भित्र संचालन हुने बस सेवाको आईतबार नगर प्रमुख सिताराम जोशीले उदघाटन गरेका छन् ।

नगरपालिकाले आफ्नै स्रोतमा संचालन हुने उक्त बस दिपायल देखी रडुवासम्म संचालन हुने शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए ।

नगरपालिकाले २ वटा बस संचालनमा ल्याएको हो । नगरबासीको समस्या र आश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएकाहो ।

मेयर जोशीले भने ‘यहाँका नगर क्षेत्रका जनतालाई स्थानीय यातायातको निकै समस्या थियो हामीलाई अब बिश्वास छ नगर क्षेत्रको यातायातका लागी नगरबासीलाई सुबिधा हुनेछ ।’
५६ लाख ६० हजारको लागतमा बस खरिद गरिएको शिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]