Dabali News

पर्यटक आकर्षित गर्न २० करोडको बहुउद्देश्यीय आयोजना बन्ने

१५ पुस

भैरहवा । लुम्बिनी भ्रमणका लागि पुग्ने विदेशी पर्यटकलाई आकर्षित गर्न रुपन्देहीको सियारी गाउँपालिकामा बहुउद्देश्यीय आयोजना बन्ने भएको छ ।

गाउँपालिकाको जंगहत्थामा बन्न लागेको आयोजनामार्फत पर्यटन प्रबद्र्धन र गाउँका युवालाई रोजगारी दिन सकिने विश्वासका साथ आयोजना बन्न लागेको हो ।

रुपन्देहीको सियारी गाउँपालिकाले साढे ४ बिघा जग्गामा २० करोड खर्चेर पर्यटनसम्बद्ध आयोजना बनाउने निर्णय गरेसँगै पर्यटन विकासको संकेत देखिएको छ ।

जसअनुसार विशाल बुद्ध स्तुप, सामुदायिक कृषि विकास केन्द्र, हरित पार्क, नैतिक शिक्षा तालिम केन्द्रलगायतका संरचना बन्ने भएका हुन् । त्यसको लागि विश्वप्रकाश प्रतिष्ठान नामक गैरसरकारी संस्थाले ७५ प्रतिशत र सियारी गाउँपालिकाले २५ प्रतिशत लगानी गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।

बुद्धको जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको गाउँपालिकामा यस आयोजनाले विशेष गरी बौद्ध धर्मावलम्वी पर्यटकाई आकर्षित हुने विश्वास लिएको छ ।

कृषि उत्पादनका दृष्टिले यो गाउँपालिका महत्वपूर्ण रहेकाले सामुदायिक कृषि विकास केन्द्र प्रदेशका सबै जिल्लाका लागि गन्तव्य बन्न सक्ने सम्भावना छ । आयोजना सम्पन्न भएपछि पर्यटन प्रबद्र्धन हुनुका साथै करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]