Dabali News

दक्षिण कोरियामा चितवन सम्पर्क समितिको अधिवेशन, नयाँ नेतृत्व चयन

५ फागुन

सोल । वैदेशिक रोजगारी र अन्य कामको सिलसिलमा दक्षिण कोरिया पुगेका चितवनबासीले  नयाँ नेतृत्व चयन गरेका छन् । ‘चितवन सम्पर्क समिति दक्षिण कोरिया’को चौधौं अधिवेशन सम्पन्‍न भएको छ ।

अधिवेशनले भोला पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष दिलिप ढुं‌गाना उपाध्यक्ष लिलाकान्त महतो थारु, सचिव राजु घिमिरे सर्वसम्मत रुपमा नयाँ कार्यकालको लागि चयन भएका छन् ।

वैदेशिक रोजगारीसँगै विभिन्‍न सामाजिक कार्यमा संलग्‍न समितिले अागामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने नयाँ नेतृत्वले प्रतिवद्धता जाहेर गरेको छ ।

एनअारएन एसिया प्रशान्त क्षेत्रका सह-संयोजक विनोद कुँवरले नयाँ कार्य समितिलाई बधाई दिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]