Dabali News

कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा, ६ मेगावाटको आयोजना सुरु हुँदै

१४ पुस

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंका संवाद डबलीमा सम्पन्न साधारण सभामा कम्पनीले हालसम्म गरेका कार्यको जानकारीको साथै आगामी कार्ययोजनाबारे शेयर धनीलाई जानकारी गराइएको थियो ।

कम्पनीको अध्यक्ष लोकबहादुर रावतले कम्पनीले अहिलेसम्म गरेको काम र आगामी योजनाबारे शेयरधनीलाई जानकारी गराएका थिए । कम्पनीले काभ्रेमा ‘माथिल्लो चौरी खोला साना जलविद्युत आयोजना’ को विस्तृत परियोजना विकास अध्ययन प्रतिवेदन (डीपीआर) तयार भई जग्गा खरिदको प्रक्रिया अगाडि बढेको अध्यक्षले रावतले जानकारी गराएका थिए । ६ मेगावाट निर्माणको लागि वित्तिय व्यवस्थापनमा आफूहरुलाई लागिरहेको जानकारी रावतले गराए । प्रर्बद्धक कम्पनी हिमालयन वाटर रिसोर्सेच एण्ड इनर्जी डेभलपमेन्टको ८० प्रतिशत शेयर कम्पनीले खरिद गरेर आयोजना निर्माण गर्न लागेको हो ।

त्यसैगरी कम्पनीले म्याग्दीको कुईनेमंगलेमा ‘स्यानो खोला जलविद्युत आयोजना’ अर्को आयोजनाको काम पनि अगाडि बढाएको छ । आयोजनाको फिजिबिलिटी अध्ययन प्रतिवेदन तयार भइसकेको सभामा जानकारी गराइएको थियो । आयोजनाको बाँकी काम पनि अगाडि बढेको छ । शेयरकर्ताको लगानी सुरक्षित गर्नु र लागनीको प्रतिफललाई सुनिश्चित गर्न कम्पनी गम्भीर रहेको रावतले बताए ।

साधारण सभामा अध्यक्ष रावतले प्रस्तुत गरेको प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको छ ।

अध्यक्ष रावतको अध्यक्षतामा सम्पन्न सभाको संचालन संचालक समितिका सदस्य भैरब बोहरले संचालन गरेका थिए भने शेयरधनीको तर्फबाट अशोक रोकायले सभालाई शुभकामना दिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
daba[email protected]