Dabali News

प्रिन्स मानामा माया नाप्दै

१४ पुस

चितवन । सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको छायाकंन भईरहेको छ ।

उनको “दशै मनाउने हो” दोश्रो गीतको एक साथ भिडियो, पहिलो गीत ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ सौराहामा छायकंन गरिएको हो ।

गायनसगैँ आफै मोडलिगंमा आएका उनी बाल्य अवस्था मै संगीत क्षेत्रसगै मोडलिगंमासमेत गरेकोमा सौराहावासी अचम्मीत रहेका छन् ।

भकारी एम डीसीको प्रस्तुतिमा बाल गायक प्रिन्स सिलवालको स्वरमा रहेको गीत उनीसगै मोडल निशा पाण्डे र जेनि धमलाको साथ अभिनयमा देखिएका छन् ।

गायन संगसंगै मोडलिगंमा उनले राम्रो प्रस्तुती दिएका छन् । गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापा हुन् । उनको शब्द र अशोक लोहारुङ राईको सङ्गीत गीतमा रहेको छ ।

‘पहिलो गीत रेर्कडसगै आफ्नो अलग पहिचान दिएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याउन सुटिगं कार्य आफ्नै क्षेत्र सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको उनका बुबा रमेश सिल्लवालले जानकारी दिए ।

भिडियोको चर्चीत निर्देशक संजय पाण्डेले निर्देशन गरेका छन् । भने कृष्ण रसालको नृत्य निर्देशनमा चक्र महर्जनले छायाकंन रहेको छ । थारु सांस्कृतिलाई देखाउदै गीतमा सौराहालाई फरक शैलीमा देखाउन खोजेको निर्देशक पाण्डेले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]