Dabali News

विवादास्पद फिल्म पद्मावतले संसारभरिबाट ५२० करोड कमायो

४ फागुन

काठमाडौँ । विवादास्पद फिल्म पद्मावतले भारत तथा विश्वको बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै ५२० करोडभन्दा बढी रुपैयाँ कमाएको छ ।

रिलिज भएको २१ दिनमा फिल्मले यो आँकडा पार गरेको हो । संसारभरि ५२० करोड रुपैयाँ कमाउने नवौं भारतीय फिल्म हो ।

फिल्मको व्यापार विश्लेषक रमेश बालाले आफ्नो ट्विटर ह्यान्डलमा फिल्मको वर्ल्डवाइड आँकडा शेयर गरेका छन्।

पद्मावतले भारतमा ३४५ करोड भारुको व्यापार ग–यो भने विदेशमा १७५ करोड भारु कमायो । सबै जोड्दा फिल्मले ५२० करोड भारु जोडेको हो ।

फिल्म २५ जनवरीमा रिलिज भएको थियो । यसको निर्देशन सञ्जय लीला भन्सालीले गरेका हुन् । फिल्म बनाउन १८० करोड भारु खर्च भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]