Dabali News

अन्तर्राष्ट्रिय मिडियामा नोहको भविष्यवाणीको हलचल

४ फागुन

काठमाडौँ । नोह नाम गरेका एक युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चित भएका छन् ।

अमेरिकामा ती युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् ।

विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउ थालेको छ । यतिमात्र होइन, उनका भनाईलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने मेसिन डिटेक्टर मार्फत जाँचसमेत गरिएको छ, जसमा उनी सही साबित भएका छन् ।

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि निर्वाचित हुने बताएका छन् । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी हुने उनको दावी छ ।

सन् २०३० मा अमेरिकाको राष्ट्रपतिमा मार्टिन लुथर किंगको नातिनी योलान्डा रेनी किंग हुने पनि उनको दावी छ ।
उनी त्यतिबेला २१ वर्षकी हुने छिन् । भविष्यवाणी गर्दै उनले भने,‘उनीहरुले कानूनमा सुधार गर्ने छन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउने छ ।’

उनले ट्रम्पपछि निर्वाचित हुने राष्ट्रपतिको नाम भने बताएनन् । उनले भने, ‘म नाम भन्न सक्दिनँ किनकि, उनले केही नराम्रो काम गर्ने छन् उनी अहिले नै राजनीतिक व्यक्तित्वका रुपमा छन् । त्यसैले म उनको नाम लिन चाहन्नँ ।’

उनले आउँदा वर्षमा यान्त्रिक मानवले घर-परिवारमा महत्वपूर्ण स्थान लिने दावीसमेत गरे । सन् २०२० मा मोबाइल फोन अपेक्षा गरिए भन्दा धेरै ठूला आकारका आउने पनि बताए ।

सन् २०२८ मा मानिस मंगलग्रहमा जान थाल्ने र सोही वर्ष टाइम ट्राभल र टाइम मेसिनको प्रयोग आम रुपमा हुने बताए ।

आउँदा वर्षमा क्यान्सरजस्ता घातक रोगको उपचार सहज हुने बताए, विभिन्न टेलिभिजनमा अन्तरवार्ताका क्रममा उनको अनुहार लुकाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]