Dabali News

३ दिनसम्म चल्ने भूकम्पसम्बन्धी फोटो प्रदर्शनी शुरु

११ पुस

काठमाडौं । भूकम्पले पुर्याएको क्षति र पुनः निर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषदमा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

प्रदर्शनीको उदघाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनः निर्माणसम्बन्धी गतिविधि समेटेर संग्र्रहालय निर्माण गर्ने योजना रहेको बताए ।

प्रदर्शनीले भूकम्प र पुनः निर्माणको वास्तविक काम जनतासमक्ष पुर्याउन सहयोग पुग्ने बताए । उनले भने,“हाम्रो पुस्ताको ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न खाँचो छ ।” प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करीब १०० फोटो राखिएको छ ।

प्रदर्शनी चार खण्डमा हुँदैछ । पहिलो खण्डमा भूकम्पपश्चात् भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ । दोस्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनः निर्माण र पुनः स्थापनामा आएको चरणलाई देखाइएको छ ।

तेस्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाको अवस्था र पुनः निर्माणपछि तिनीहरूको अवस्थासम्बन्धी तस्वीर राखिएको छ । अन्तमा पुनः निर्माण र पुनः स्थापनाका विभिन्न चरणमा भइरहेका काम तथा गतिविधिसँग सम्बन्धित सामग्री प्रदर्शन गरिनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]