Dabali News

क्यानडाले दियो नेपाललाई १९५ रनको चुनौती

२ फागुन

काठमाडौँ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा नेपालले विजयका लागि क्यानडाबाट १९५ रनको चुनौती पाएको छ ।

खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो ।

क्यानडाका लागि ओपनिङ ब्याट्सम्यान श्रीमन्था विजारत्नेले अविजित रहँदै १०३ रन बनाए । अरु ब्याट्सम्यान भने खासै चल्न सकेनन् ।

नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछाने २ तथा करण केसी र शरद भेषावकरले १-१ विकेट लिए ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने भएकाले यो खेलमा नेपाललाई जितको विकल्प छैन ।

नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा छ । शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नामिबियासँगै नेपालको समान ६-६ अंक भएपनि रनरेटमा नेपाल पछि पर्दा तेस्रो स्थानमा धकेलिएको हो ।

नेपालले यसअघि नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग हार व्यहोरेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]