Dabali News

राष्ट्र बैंकद्वारा सेलपे सेवालाई अनुमति

११ पुस

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ ।

यसले अनुमति गत मंगलबार प्राप्त गरेको हो । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।

सेलपे सेवामा अन्तर्राष्ट्रिय स्तरको पीसीआइ डीएसएस सुरक्षा प्रणाली अपनाइएको छ ।

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टेलीभिजन, ईन्टरनेट महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने छ ।

यो सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छ । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]