Dabali News

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि मुद्दा चलाउने प्रहरीको तयारी

२ फागुन

काठमाडौँ । प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ ।

उनले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गरी आफू प्रधानमन्त्री नै रहने बताएका छन् ।

प्रधानमन्त्रीमाथि इजरायलको पत्रिका येडियत अहरोनोट पत्रिकाका मालिकलाई विपक्षीलाई दबाब दिने गरी समाचार प्रकाशन गर्न र आफ्नो सकारात्मक कुरा मात्र छाप्न दबाब दिएको बताइएको छ ।

प्रहरीले भने येडियत अहरोनोटका सम्पादक आरनन मोजेफमाथि पनि मुद्दा चलाइनु पर्ने जनाएको छ ।

सन् २००९ मा इजरायलका प्रधानमन्त्री भएका उनीमाथि बलिउड निर्माता आनर्नन मिलचनसँग एक लाख डलर उपहार लिएको आरोप पनि लागेको छ ।

जेरुसेलम पोस्टले मिलचनसँग महंगा मदिरा र सिगार समेत लिएको दाबी गरेको छ । प्रहरीले मिलचनमाथि पनि घुस दिएको आरोपमा मुद्दा चलाउनुपर्ने बताएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]