Dabali News

थप दुई खेल हुँदै, म्यान्चेस्टर सिटीले एफसी बाजललाई हरायो

२ फागुन

काठमाडौँ । स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटी विजयी भएको छ ।

विजय गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले १-१ गोल गरेका थिए ।

अर्को खेलमा ईटालीको युभेन्टस र इङ्ल्यान्डको टोटनह्याम हट्सपरले २-२ गोलको बराबरी खेलेका थिए ।

ईटालीको टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्र २ गोल गरे । तर पाहुना टोली टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले १-१गोल गर्दै खेल बराबरी गरे ।

युरोपियन च्याम्पियिन्स लिग फुटबलमा आज राति थप दुई खेल हुने छन् ।

एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी भिड्ने छन् ।
प्रि क्वाटरफाइनलका बाँकी ४ खेल अर्को हप्ता हुने छन् ।

जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोना, स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस. रोमा भिड्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]