Dabali News

प्राईम कलेजमा अन्तर्राष्ट्रियस्तरको एआई पाठशाला

१०पुस

काठमाडौँ । नेपाल अप्लाईड म्याथ म्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वेलगायतका देशहरुबाट आएका १ सय २० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाईरहेका छन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने बताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं बाहिरका र २० जना व्यावसायीक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेकाछन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने र तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकीय, स्वास्थ्यलगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने आयोजक नामीले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिन आउनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्व विद्यालय अन्तर्गत कम्प्युटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धरले नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको बताउँछन् । मानन्धरकाअनुसार यो पाठशालाले एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पु¥याउनेछ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईले पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा अनुशन्धान संस्कारलाई सहयोग पु¥याउनु भएको बताए । भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नुपर्ने बताए ।

नेपालको कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ । भट्टराई ‘जबसम्मअनुशन्धानगर्ने सँस्कार र वातावरण निर्माण गरिँदैन तबसम्म प्रविधिको क्षेत्रमा प्रगतिन नहुने भट्टराईको दाबी छ ।
विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरिरहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र बहस हुनु आफैंमा सुखद भएको सहभागीहरुले बताएका छन् । प्राईम कलेजका प्रिन्सिपल डा. कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने बताए ।

नेपालबाट विश्वका विभिन्न विश्व विद्यालय र अनुसन्धान केन्द्रहरु पुगेर उक्त विश्व विद्यालयहरुमा कम्प्युटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सूचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनशन्धानकर्ता र वैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो ।

नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पूरा गरी गैर नाफामूलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन अनुशन्धान गर्ने तय गरेको छ ।

नेपाली विद्यार्थीहरुको विद्यावारिधीलगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनुसन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्यसहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा समेत सहयोग गर्ने बताइएको छ । प्रथम नेपाल एआई पाठशालाका लागि सहभागिहरु छनौट गर्न अनलाईनमार्फत विश्वब्यापी आवेदनमा गगरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यममार्फत सूचना सम्प्रेशण गरिएको थियो ।

विभिन्न मापन विधिमार्फत १२० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँबजार, खुशीबुँमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २०तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]