Dabali News

विश्वकप छनोटमा नेपाल तेस्रो स्थानमा धकेलियो

२ फागुन

काठमाडौँ । नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा धकेलिएको छ ।

शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नामिबियासँगै नेपालको समान ६-६ अंक भए पनि रनरेटमा नेपालपछि पर्दा तेस्रो स्थानमा धकेलिएको हो ।

क्यानडासँगको खेलमा पराजित हुँदा नेपालले स्वतः विश्वकप छनोट खेल्ने अवसर गुमाउने छ ।

बुधबार नै नामिबिया र युएई भिड्दै छन् । नेपाल र नामिबिया दुवै टिमले हार्दासमेत रनरेटमा युएई राम्रो भएकाले युएई छानिने छ ।

केन्या र ओमान भने एक खेल खेल्नुअघि नै होडबाट बाहिरिइसकेका छन् । नेपालले यसअघि नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग हार व्यहोरेको थियो ।

क्यानडासँग खेल्नुपूर्व नेपाली टिमका प्रशिक्षक जगत टमाटाले क्यानडाविरुद्ध उत्कृष्ट खेल पस्किने बताए ।

उनले खेलाडीहरुमा आत्मविश्वास बढी भएकाले खेलमा सकारात्मक परिणाम आउने विश्वास लिएका छन् । बुधबारको खेलमा पनि स्पीन बलर सन्दीप लामिछानेबाट धेरै आशा गरिएको छ ।

उत्कृष्ट खेल्नेक्रममा सन्दीपले केन्याविरुद्ध ५ सहित चार खेलबाट १४ विकेट लिइसकेका छन् ।

केन्याविरुद्धको खेलमा आरिफ शेख र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेकाले क्यानडाविरुद्ध नेपालको ब्याटिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]