Dabali News

कम्युनिस्ट महिलाहरुको गुप्ताङ्गमा गोली ठोक्न राष्ट्रपतिको आदेश, विश्वभर आलोचन

२ माघ

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले कम्युनिस्ट महिलाको गुप्ताङ्गमा गोली हान्न सेनालाई आदेश दिएका छन् ।

राष्ट्रिपति डुतेर्तेले फिलिपिन्स कम्युनिस्ट पार्टीमा लागेका महिलाको गुप्ताङ्गमा गोली हान्न आदेश दिएका हुन् । यो आदेशसँगै विश्वभर उनको आलोचना भइरहेको छ ।

राष्ट्रपति डुतेर्तेले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो आदेश दिएका थिए । राष्ट्रपतिको जनसम्पर्क कार्यालयले पनि उनको यो निर्देशन सम्बन्धी विवरण प्रकाशित गरेको थियो तर उक्त विवरणमा ‘गुप्ताङ्ग’ शब्द उच्चारण नगरी खाली ठाउँ छोडिएको थियो । राष्ट्रिपति डुतेर्तेको भनाइप्रति महिलाअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

फिलिपिन्स कम्युनिस्ट पार्टी जनताको मुक्ति र अधिकारको लागि संघर्षरत छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]