Dabali News

आज काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस अझै चिसो बढ्ने

१० पुस

काठमाडौं । काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस थियो ।

सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो ।
महाशाखाका मौसमविद राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हुँदा अझै चिसो बढ्न सक्ने बताएका छन् ।

‘अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ,’ उनले भने । न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९.५ र अधिकतम तापक्रम २६.४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पनि देशका पश्चिमी तथा मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]