Dabali News

प्रचण्डले जनयुद्ध दिवस मनाउनु र पशुपतिका जोगीले शिवरात्री मनाउनु उस्तैउस्तैः सुदर्शन

१ फागुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जनयुद्धलाई बीचमै धोका दिएर प्रचण्ड र बाबुरामले नेपाली जनताको समृद्धि र विकासको चाहनालाई नष्ट पारेको बताएका छन् । नेता सुदर्शनले जनयुद्धका सपना र पुँजीलार्इ प्रचण्ड-बाबुरामले समाप्त पारेको बताए ।

२३ औ जनयुद्ध दिवसको अबसरमा नेपाल नेकपा र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा अायोजना गरेको कार्यक्रममा बोल्दै नेता सदर्शनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवस मनाउनु पशुपतिका जाेगीहरूले शिवरात्री मनाउनु उस्तैउस्तै भएको भएको बताए । नेतृत्व तहमा रहेर प्रतिक्रियावादी दलाल संसदीय सत्तासँगको एकाध लडाइँलाई निहुँ बनाएर जनयुद्धको निरन्तर सफल यात्रालाई नै पूर्णविराम लगाएदिएर शहीद र बेपत्ता योद्धा परिवारहरुमाथि कुठराघात गरेको सुदर्शनले बताए ।

राज्य सत्तामा सर्वहारा वर्गको सत्ता अधिनायकत्व कायम नहुँदासम्म क्रान्ति नरोकिने बताउँदै त्यसनिम्ति बन्दुक उठाउनु अनिवार्य बन्दै गएकोले नेकपाले एकीकृत जनक्रान्तिलाई देशमा लागू गरिएको बताए । जनयुद्धका लक्ष्यलाई प्रचण्डहरुले कुल्चेका कारण नेकपाले क्रान्तिको नेतृत्व गरेको बताए ।

आफुहरुले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुसँग मिलेर जनयुद्ध दिवस मनाएको भन्दै नेता सुदर्शनले एमाले र माओवादी केन्द्रको गठबन्धन सामाजिक दलाल पुँजीवादी गठबन्धन भएको बताए ।

एमाले र माअाेवादी केन्द्रकाे गठबन्धन कम्युनिस्ट र वाम गठबन्धन नभएकाे भन्दै नेता सुदर्शनले केपी अाेलीकाे राष्ट्रवाद सुष्माको भ्रमणपछि उदाङ्गाे भएकाे दाबी गरे ।

नेपालकाे बाँकी क्रान्तिका पूरा गर्न कार्यदिशामा लामाे बहस र छलफलबाट क्रान्तिकारीहरू एक ठाउँमा मिलेर अगाडि बढ्नु पर्ने नेता सुदर्शनकाे भनार्इ थियाे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]