Dabali News

उसैपरे ओलीभन्दा पहिला म प्रधानमन्त्रीः प्रचण्ड (भिडियोसहित)

१ फागुन

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि अाफू प्रधानमन्‍त्री हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अबसरमा अायोजित कार्यक्रमलाई सम्बोधन गरेर गृहजिल्ला चितवन पुगेका प्रचण्डले अाफू पुनः प्रधानमन्त्री भएर चितवन आउने बताए ।

काठमाडौंको कार्यक्रममा एमालेसँगको एकता नजिक पुगेको भन्दै सकेसम्म अाजै घोषणा हुन सक्ने भन्दै भाषण ठोकेका प्रचण्डले चितवनमा पुगेपछि भने अाफै प्रधानमन्त्री बन्‍ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको वार्तापछि निकै उत्साहित भएका प्रचण्डले जनयुद्ध दिवसकै अवसरमा पार्टी एकताको तयारी भइरहेको बताएका थिए । त्यसको लागि अाजै छलफल गर्ने प्रचण्डले बताएपनि एमालेले कुनै मतलव नगरेपछि चितवन हानिए ।

एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले ढिलो वा छिटो आफू प्रधानमन्त्री हुने बताएका हुन् । ‘म पुनः एकपटक प्रधानमन्त्री भएर चितवन आउँछु,’ उनले भने, ‘कुराकानी भइरहेको छ, प्रधानमन्त्री तत्काल भएपनि अलि ढिलो भएपनि एकपटक प्रधानमन्त्री भएरै आउँछु’ प्रचण्डले भने । उनले एमाले र माकेबीच एकता नभए अाफू ओलीभन्दा चाँडो प्रधानमन्त्री भएर छोड्‍ने संकेत गर ।

अध्यक्ष प्रचण्डले अाफूलाई नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री बन्‍न भनेको बताउँदै कुरा नटुंगिएको बताए । प्रचण्डलाई धम्की र घुर्की दिने उद्देश्यले अभिव्यक्ति दिएका छन् । केही दिन पहिले मात्रै प्रचण्डले अाफू फड्‍को हान्‍न सक्ने भन्दै एमालेलाई खबरदारी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि ओली र प्रचण्डबीच करिब ३ घण्टा वार्ता भएको थियो ।

विवादित व्यापारी सारदाप्रसाद अधिकारीको मानभवनस्थित घरमा ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो । उक्‍त वार्तापछि पार्टी एकता नजिक पुगेको बताइएको थियो ।

जनयुद्ध दिवसको निम्तो एमाले ओलीले अस्वीकार गर्दा प्रचण्ड फेरि झस्केका छन् । उनले फेरि चितवन पुगेर अाफूलाई काँग्रेसले बोलगाएको भन्दै एमालेलाई धम्की दिएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्तामा एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै दुई नेताले आलोपालोमा चलाउने सहमति सार्वजनिक भएको बाताइएको छ ।

भिडियो 

एमालेलाई तर्साएको हो की साँचि नै हाे ?

एमालेलाई तर्साएको हो की साँचि नै हाे ?

Posted by Online Dabali on Tuesday, February 13, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]