Dabali News

प्रचण्ड पेरिसडाँडाबाट धुम्बाराहीतर्फ लागे, क्रान्तिकारी पार्टी निर्माण गछौंः मगर

१ फागुन

काठमाडौँ । माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र बिष्टमगरले प्रचण्ड संसदवादमा फसेर पेरिसडाँडाबाट धुम्बाराहीतर्फको यात्रा सुरु गरेको बताएका छन् । उनले आफूहरु क्रान्तिकारी पार्टी निर्माणमा अघि बढेको बताए ।

मंगलबार राजधानीको राष्ट्रिय सभा गृहमा नेकपा र क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मगरले प्रचण्ड खारा लडाइँबाट नाटकीय रुपमा पछाडि फर्किएको र जनयुद्धलाई धोका दिएको जिकिर गरे ।

नेता मगरले आफू जनयुद्ध सुरुवात गर्ने १९ सदस्यीय केन्द्रीय समितिका एक जना सदस्य भएको बताउँदै चुनवाङ बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेण्डा बोकोउने षडयन्त्र प्रचण्डले गरेको उनको भनाई छ ।

लोकतान्त्रिक गणतन्त्र बुर्जुव वर्गको कार्यक्रम भएकोले अब वैज्ञानिक समाजवाद स्थापना गर्न राष्ट्रवादी र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]