Dabali News

क्रान्ति पूरा गर्न बन्दुक उठाउनुको विकल्प छैनः वैद्य

१ फागुन

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले देशमा क्रान्ति सम्पन्न गर्न बन्दुक उठाउनुको विकल्प नरहेको बताएका छन् ।

२३औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्यूनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा राजधानीमा आयोजित विषेश कार्यक्रममा सम्बोधन गर्दै महासचिव किरणले जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्डले जनता र क्रान्तिलाई धोका दिएर दलाल संसदीय व्यवस्थाको फोहोरी खेलमा ड्ुबाएको भन्दै आक्रोश व्यक्त गरे ।

तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र विद्रोेह जनयुद्ध थालेको दिनको सम्झनामा मंगलबार काठमाडौंमा आयोजित संयुक्त कार्यक्रममा सो विचार व्यक्त गरेका हन् । जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यसहित शुरु गरिएको जनयुद्धका उद्देश्यलाई खरानी पारेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको दिवस मनाउनुलाई शिवरात्रीका दिन ‘बाबा’हरुले लगाउने खरानीसँग तुलना गरे ।

‘पेरिसडाँडामा प्रचण्डले आजै जनयुद्ध दिवस मनाएको कुरा आएको छ, त्यो उनको ढोंग हो । जनयुद्धका सपनालाई कुल्चिइसके’ महासचिव किरणले भने ‘अब बाँकी क्रान्ति पूरा गर्न बन्दुक समात्नुपर्ने जिम्मेवारी आएको छ।’ १२ बुँदे सम्झौता र बृहत शान्ति सम्झौता संसदवादीहरुले उल्लंघन गरेर देशमा प्रतिगमन फर्काउने काम गरेकाले बन्दुकको आवश्यकता झनै तीव्र बनेको उनको भनाई छ ।

त्यस्तै बाबुराम भट्टराईले भन्दै आएको नयाँ विषय पुरानै भएको बताउँदै नयाँको नाममा देश र जनताको समृद्धिको यात्रालाई अवरोध पुर्याएको बताए । वैज्ञानिक समाजले मात्र देश र जनता समृद्धि हुने भन्दै किरणले अब क्रान्तिका लागि क्रान्तिकारीहरु ध्रुविकृत र एकताका लागि तयार हुन सबैसँग अपिल समेत गरे ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं मध्यकमाण्ड इन्चार्ज सुदर्शनले जनयुद्धलाई बीचमै धोका दिएर प्रचण्ड र बाबुरामले नेपाली जनताको समृद्धि र विकासको चाहनालाई नष्ट पार्ने काम गरेको भन्दै आक्रोश पोखे । नेतृत्व तहमा रहेर प्रतिक्रियावादी दलाल संसदीय सत्तासँगको एकाध लडाईलाई निहुँ बनाएर जनयुद्धको निरन्तर सफल यात्रालाई नै पूर्णविराम लगाएदिएर शहीद र बेपत्ता योद्धा परिवारहरुमाथि कुठराघात गरेको सुदर्शनले बताए ।

राज्य सत्तामा सर्वहारा वर्गको सत्ता अधिनायकत्व कायम नहुँदासम्म क्रान्ति नरोकिने बताउँदै त्यसनिम्ति बन्दुक उठाउनु अनिवार्य बन्दै गएकोले नेकपाले एकीकृत जनक्रान्तिलाई देशमा लागू गरिएको बताए । जनयुद्धका लक्ष्यलाई प्रचण्डहरुले कुल्चेका कारण नेकपाले क्रान्तिको नेतृत्व गरेको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले अहिलेको वाम गठबन्धनले वैज्ञानिक समाजवाद ल्याउन नसक्ने भएकाले सबै क्रान्तिकारी शक्तिहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नक्कली समाजवादको नारा दिएर चुनावी परिणाम आफ्नो पक्षमा पारेको बताउँदै अब बन्ने सरकारले पनि उत्पीडित तथा श्रमिक वर्गको मुक्ति तथा राष्ट्रिययताको रक्षा गर्न नसक्ने बताए । प्रचण्ड क्रान्तिलाई छाडेर एमालेमा विलय हुन लागेकोले आफूहरुले क्रान्तिको रक्षा गर्न लागिपरेको बताए ।

माओवादी केन्द्रका अर्का माओवादी नेता विश्वभक्त दुलाल (आहुती) माओवादी केन्द्र वैचारिक रुपमा विघटन भइसकेको र अध्यक्ष प्रचण्ड दलाल पूँजीवादमा फसेकाले अब उनको उद्धार गर्न नसकिने बताए ।

उनले लेलिनले व्याख्या गरेको एकाधिकार पूँजीवादको अन्त्य भएर दशेमा भूमण्डलीकृत पूँजीवादको सुरुवात भएकाले पुराना कम्युनिष्ट आन्दोलनबाट ल्याइएका फोहरलाई अलग राखेर क्रान्तिकारीहरु एकजुट हुनस पहिलो आवश्यकता भएको बताए ।

माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र बिष्टमगरले प्रचण्ड खारा लडाइँबाट नाटकीय रुपमा पछाडि फर्किएको र जनयुद्धलाई धोका दिएको जिकिर गरे । आफू जनयुद्ध सुरुवात गर्ने १९ सदस्यीय केन्द्रीय समितिका एक जना सदस्य भएको बताउँदै चुनवाङ बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेण्डा बोकोउने षडयन्त्र प्रचण्डले गरेको उनको भनाई छ ।

लोकतान्त्रिक गणतन्त्र बुर्जुव वर्गको कार्यक्रम भएकोले अब वैज्ञानिक समाजवाद स्थापना गर्न राष्ट्रवादी र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए । प्रचण्ड संसदवादमा फसेकैले पेरिसडाँडाबाट धुम्बाराहीतर्फ लागेकाले आफूहरु जनयुद्धका डोबहरु पछ्याउदै क्रान्तिकारी पार्टी निर्माणमा अघि बढेको बताए ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित २०५२ साल फागुन १ गते आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी तत्कालिन नेकपा माओवादीले मुलुकमा सशस्त्र युद्ध सुरु गरेको थियो ।

१० वर्षसम्म चलेको युद्धमा १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र २ हजार बढी बेपत्ता छन् । संसदीय व्यवस्थालाई समूल नष्ट पारेर जनवादी राज्यसत्ता स्थापना गर्ने उद्घोषसहित शुरु गरिएका जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड संसदीय व्यवस्थामा झरेर राजनीति गरिरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]