Dabali News

प्रवासी युवा समूहद्वारा मृगौला पीडित श्रेष्टलाई सहयोग

१ फागुन

काठमाडौं । प्रवासी युवा समूहले मृगौला रोगबाट पीडित एकबहादुर श्रेष्ठलाई सहयोग रकम हस्तान्त्रण गरेको छ ।

मंगलबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पीडित श्रेष्ठ सहयोग रकम हस्तान्त्रण गरिएको हो । प्रवासी युवा समूहको तर्फबाट संचारकर्मी राजु बोहराले उक्त रकम हस्तान्त्रण गरेका हुन् ।

विगत केहि समय यता संगीत सरोबरको लाइक पेजमार्फत हरेक रातको ९ बजेदेखि ११ बजेसम्म एक सांगीतिक कार्यक्रको प्रसारण भइरहेको छ । यसरी प्रसारण भइरहेको कार्यक्रमलाई नियमित रुपमा अबलोकन गर्ने धेरै प्रवासी नेपालिहरु एकबद्ध भएर समाजमा युवाहरुले केही उल्लेखनीय काम गर्नुपर्छ भनेर एसएस प्रबासी युवा समूह नामक एक समुहको स्थापना  गरिएको थियो ।

उक्त समुहले मृगौला पिडित, क्यान्सर पीडितलागयत कुनैपनि भइपरी आउने समस्याबाट आर्थिक अभावको कारण कसैले पनि छटपटिन नपरोस् र हामी सबै प्रवासीको लागि पनि विभिन्न समस्यामा केही सहयोग हाेस् उद्देश्यले एउटा कोष समेत स्थापना गरेको छ । यसै समुहले गत केहि महिना अगाडि रुकुमका क्यान्सर पीडित पृथबहादुर खत्रीका लागि २८ हजार ११० रुपैयाँ सहयोग गरेको थियो ।

मंगलबार सिन्धुपाल्चोकका मृगौला पीडित एकबहादुर श्रेष्ठज्यूलाई उपचार सहयोग स्वरूप  ४० हजार ३५ सहयोग उपलब्ध गराएको छ । उक्त रकम तर्फबाट ९ हजार ५०५ र समूहकै सक्रियतामा शंकर खड्का ३ हजार ५००, नारायण गिरी १ हजार, शेरबहादुर बुढाथोकी १ हजार ९००, दावा लामा १ हजार ५००, तारादेवि राई १ हजार, नितु गुरुङ २ हजार, आङ दामु शेर्पा ५ हजार, रेश्मिराज अधिकारी १ हजार, रुपचन्द्र ब्यसाहारा र साथीहरुको तर्फबाट ९ हजार ६३०, प्रमिला पौडेल ३ हजार र दिपक भट्टकोतर्फबाट १ हजार सहयोग गरेका थिए ।

यसरी एस एस प्रबासी युवा समुहको सक्रियतामा संकलन भएको उक्त रकमलाई संगीतकार झलक संगीतम, पत्रकार सुदिप बर्देवालगायतको उपस्थितिमा संगीत सरोबरका संचालक राजु बोहराद्वारा पीडित एकबहादुर श्रेष्ठको हातमा हस्तान्तरण गरिएको हो ।

पीडित ५५ बर्षीय श्रेष्ठलाई सहयोग गर्न चाहनेहरुले नेपाल इन्भेस्टमेन्ट बैंक सुर्य बिनायाक शाखाको खाता नम्बर ००२०५०८०३२२२५६ र ग्लोबल आई एम इ बैंक चाबहिल शाखाको ३७०७०१०००४८६५ रहेको छ, साथै ९८४३२६९४२० मा पनि सिधै सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

स्मरण रहोस एस एस प्रबासी युवा समुहले आगामी दिनहरुमा पनि यसरी आर्थिक अभावको कारण छटपटिनु परेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]