Dabali News

Ad

रुकुम र मनाङमा हिमपात, तापक्रम माइनसमा

१ फागुन

रुकुम । लामो समयपछिको वर्षासँगै हिमपात शुरु भएको छ ।

हिजो साँझ परेको पानीसँगै भारी हिमपात भएको हो । रुकुमका पश्चिम र पूर्वका सबै ठाउँमा पानी परेको छ भने केही ठाउँमा भारी हिमपात भएको छ ।

आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट, स्यालाखदी, घेत्मा, गोतामकोट, झारमारे लगायतका वडामा पानीसँगै हिमपात भएको हो ।

सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा पनि हिउँ परेको छ । हिमपात भएसँगै तापक्रम माइनसमा झरेर जनजीवन कष्टकर बनेको र सवारी आवागमन ठप्प बनेको छ ।

हिमाली जिल्ला मनाङमा पनि भारी हिमपात भएको छ तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]