Dabali News

Ad

नेपाली खानामा प्रोटिनको अभाव, ७०-८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित

१ फागुन

काठमाडौँ । नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको छ ।

नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको सबैका लागि प्रोटिन विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको बताएका छन् ।

जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकेको उनीहरूले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा सुवीर सिंहले अनुसन्धानको तथ्याङ्कअनुसार नेपालमा कूल ६.४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४.९ लाख मेट्रिक टन रहेकाले ७०–८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएको बताए ।

बच्चा, युवा र वृद्धावस्थामा शरीरलाई चाहिने प्रोटिनको मात्रा तथा त्यसको कमीले लाग्ने रोगबारे चर्चा भएको थियो ।

मानव शरीरका लागि अत्यावश्यक ५ पौष्टिक तत्वमध्ये प्रोटिन एउटा महत्वपूर्ण तत्व भएको र यसबाट शरीरको जैविक विकासमा मात्र नभई मानसिक विकासका लागि समेत जरुरी रहेको बताए ।

दैनिक खानपानबाटै पौष्टिकतत्वले शरीरलाई पोस्ने र यसबाट शरीरका कोष, मासु, हाड, नसा, आदिको निर्माणमा खर्चिने हुन्छ ।
बढी खाना खाँदा यसको सञ्चय गर्न नसकिने भएकाले दैनिक शरीरलाई आवश्यक पर्ने मात्रामा मात्र उपभोग गर्नुपर्छ ।

प्रोटिन प्राप्त गर्न पशु र अन्नबालीलाई प्रमुख आहारका रुपमा लिइन्छ । शरीरलाई चाहिने अमाइनो एसिडको प्रमुख स्रोत पशुबाट पाइने खाद्यजन्य पदार्थ जस्तैः दूध, अण्डा, मासु हो ।

अमेरिकी सोया एक्सपर्ट काउन्सिलका विशेषज्ञ डा पवन कुमारले नेपालमा डाइजेस्टिबल प्रोटिनको माग र पूर्ति, प्रोटिनसँग सम्बन्धित तथ्य प्रस्तुत गर्दै दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन मानिसको औसत आयु, उचाइ तथा स्वस्थ्य हुनुमा प्रोटिनको विशेष भूमिका रहने गर्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]