Dabali News

Ad

जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको घोषणाः प्रचण्ड 

१ फागुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँगको पार्टी एकता अाजै टुंग्याउने तयारी भइरहेको बताएका छन् ।

पार्टीको युवा संगठन वाइसीएल नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा अायोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन, जनयुद्ध सुरु भएकै दिन आज पार्टी एकता प्रक्रिया टुंग्याउने हाम्रो तयारी छ ।’ प्रचण्डले एमालेसँग एकता भए अाफ्नो सबैभन्दा ठूलो खुशीको क्षण हुने समेत बताए ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घण्टा लामो बार्ता गरेका प्रचण्डले अाज पुनः ओलीसँग छलफल गरेर अाजै पार्टी एकताको घोषणा हुन सक्ने जानकारी दिए ।

हिजो दुबै अध्यक्षबीच भएको वान टु वान वार्तापछि प्रचण्ड निकै उत्साहित भएका छन् । केही दिन एकतालाई लिएर तनावमा रहेका प्रचण्डले चितवन पुगेर अाफू फड्‍को हान्‍न सक्ने भन्दै एमालेलाई घुमारो भाषामा चेतावनी दिएका थिए । चेतावनीपछि काठमाडौं पुगेका प्रचण्ड र ओलीबीच हिजो भएको वार्तामा पार्टी नेतृत्व अालोपालो गर्ने सहमति भइसकेको बताइन्छ । तर, यसबारे एमालेले केही बताएको छैन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]