Dabali News

पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट,किराती र अाहुती राष्ट्रिय सभागृहमा 

१ फागुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिसडाँडाको कार्यक्रममा सहभागी नभएर राष्ट्रिय सभाको कार्यक्रममा सहभागी भएका हुन् ।

कार्यक्रम जारी छ । बक्ताहरुले सम्बोधन गरिरहेका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने नेकपाले जानकारी दिएको छ ।

  • फोटोः जन्मदेव जैशी

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]