Dabali News

बालकलाई बाघले जंगलमा लग्यो शव फेला

१ फागुन

काठमाडौँ । सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले बताएको छ ।

बालक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको प्रहरीको भनाई छ ।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको बताइएको छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]