Dabali News

Ad

च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनल खेलहरु आजबाट शुरु

१ फागुन

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल राउण्ड अफ सिक्सटिनका खेल आजबाट शुरु भएको छ ।

अन्तिम १६ को पहिलो खेलमा आज राति स्विट्जरल्याण्डको एफ.सी बाजलले इङ्ल्यान्डको म्यानचेस्टर सिटीसँग खेल्ने छ । ईटालीमा हुने खेलमा युभेन्टस र टोटनह्याम हट्सपर भिड्ने छन् ।

भोलि राति हुने खेलमा पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी बीच हुनेछ ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफाइनलका बाँकी ४ खेलहरु अर्को हप्ता हुनेछ ।

जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोना, स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस.रोमा भिड्ने छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]