Dabali News

Ad

जगदिशपुरमा पहिलो पटक होमस्टे सञ्चालन

१ फागुन

काठमाडौँ । पहिलो पटक थारु समुदायले जगदिशपुरमा होमस्टे शुरुवात गरेका छन् ।

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको गाउँमा जगदीशपुर जलाशय होमस्टेको शुरुवात गरिएको छ ।

१३ घरधुरीबाट शुरुवात गरिएको होमस्टेमा अहिलेसम्म दुई सय बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेकी सचिव सरिता थारुले बताईन् ।

होमस्टेमा क्यानडा, अमेरिका, श्रीलंका, चीनलगायत नेपालका विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । समूहलाई दर्ता गरेर व्यवस्थित रुपमा होमस्टे सञ्चालन गर्ने योजना बनाएको उनले बताईन् ।

कपिलवस्तु बुद्धसँग सम्वन्धित ऐतिहासिक स्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोट लगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको छ ।

थारु जातीका लोकप्रिय खाना घाेंगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाईन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]