Dabali News

जंगली हात्ती गाउँ पसेपछि रातभर जाग्राम बस्न बाध्य

१ फागुन

काठमाडौँ । जंगली हात्ती गाउँमा पसेरपछि झापाको बासिन्दा हैरान भएका छन् ।

हात्तीको बथान नै गाउँ पसेर घर भत्काउन र बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

उनीहरु हात्तीको सास्तीबाट बच्ने उपायको खोजी गर्न थालेका छन् । दक्षिणी क्षेत्रमा हात्तीको उपध्रो बढ्दै गएपछि स्थानीय आतंकित बनेका छन् ।

प्रत्येक दिन हात्तीले दुख दिन थालेपछि झापाका कचनकवल, जलथल, भद्रपुर, हल्दिबारी, मेचीनगर लगायत स्थानका स्थानीय रातमा सुत्न नपाएको बताइएको छ ।

निर्वाचनमा हात्ती नियन्त्रणको एजेण्डा बनाउने उम्मेदवारले चुनाव जितेपछि एजेण्डानै भुलेकोे आरोप छ ।

हात्ती आतंक बढ्दै जाँदा समेत यस अघि उचित व्यवस्थापन नगर्दा डेढ वर्षको अवधिमा झापा र इलामको सिमावर्ती क्षेत्रका ११ जनाले ज्यान गुमाई सकेका छन् ।

झापामा ७ बाट बढेर हात्तीको संख्या १२ पुगेको बन कार्यालयको तथ्याङ्कले छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]