Dabali News

लेटफेष्ट, साहित्यक कर्पोरेटीकरण र बौद्धिक व्यबस्थापन

(अहिले साहत्यिक कुम्भमेला पोखरामा चल्दै छ, । कुनै दिन यस्को मूल प्रयोजक एनसेल बन्थ्यो भने अहिले आइएमइए ग्रुप रहेको छ । हल्लाखल्ला ठूला छन् । हरेक घटनालाई उत्सव बनाईदिने पूँजीवादको विभत्स सुन्दरता हो । अझ यस्ता उत्सवहरुमा बहसभित्र वास्तविक अहिलेको बहस छिपाईदिने भूमिकाहीन, संवेदनाहीन ‘महाबहस’ भने हुँने गर्छन् । त्यस्तै सेलिब्रेटी तय हुन्छन् । जयपुर लेटफेस्टबाट सुरुभएको यस्ता महाजात्रामा वेवाक बक्ताहरु सदा आक्रमणका निसानामा परे, कुनै समय सलमान रुस्दी उग्र इस्लामका तारो बनेका थिए भने अहिले महान् कलाकार नसरुद्दीन शाहले ‘गाईभन्दा पहिलो मानव’ हो भन्ने भनाईको प्रतिकार भाजपाका र्कायकर्ताले गर्दा सत्ता संरक्षित उग्र हिन्दुत्व आतंकका कारण अजमेर लेटफेष्टका प्रमुख आथित्य त्याग्नु पर्यो । यस्ता जमघटमा उग्रदक्षिण ढल्को विरुद्ध कमै आवाज उठने गरेको पाईन्छ । के यस साहत्यिक कुम्भमेलामा निराश बन्दै गएको नेपाली जनभावना, भ्रष्ट स्ंस्कृति आत्मासात गर्दै गएको शासन, दक्षिणढल्को राजनीति,आदर्श र सिद्धान्तहीन पार्टी, मौलाउदो प्रतिगमन, तिब्र साँस्कृतिक आक्रमणबारे छलफल होला ? हुँदैन् । यसैमा केन्द्रित आफ्नै पुरानो लेख )

ठूलो तामझाम र हल्लाखल्ला साथ भएको एनसेल सहित्य फेष्टिवल (एस्फे) के वास्तवमै नै साहित्यक फेस्टिवल नै त हो ? यो विध्यापति, भानुभक्त, लक्ष्मीप्रसाद देबकोटा, गोकुल जोशी वा साहित्यिक सहिद कृष्णलाल अधिकारीको यादमा अथवा कुनै साहित्यक महत्वपूर्ण तिथीमिति वा प्रसंगमा आयोजन गरिएको त थिएन् नै । के यो साच्चैँको चाडपर्व नै थियो कि कृतिम चाडपर्व बनाइने कोशिस थियो । जयपुर साहित्य फेस्टिवल (जस्फे)को कपी पेष्ट एस्फेमा जयपुरलाई आलोचनात्मक नजरियाले हेर्नेको कमि थिएन भने यहाँपनि कवि एवं व्याग्यकार विमल निभाले आफ्ना सरल, छोटो तर गम्भीर भावमा हृदय खोले – ‘कर्पोरेटट जगतले साहित्यमाथि अधिपत्य जमाउन लागेको हो कि भन्ने भान भयो ।’

कुरा अधिपत्यकै हो । नेपाली बजार र मिडियामा प्रसस्त ठाउँ ओगटेको एस्फे उदयमान कर्पोरेटट हाउस विदेशी टेलिफोन कम्पनी एनसेलको प्रायोजनमा थियो । कर्पोरेटटलाई बजारमात्रै हैन् ऊर्जाशील दिमागमाथि पनि अधिपत्य जमाउनु थियो । एनसेलकै कुरा गर्दा उसमाथि कर छलिदेखि प्रतिस्पर्धी टेलिफोन प्रदायकका प्राविधिकहरुलाई हित अनुकुलको प्रयोग गर्दै व्ययसाय फस्टाउने खेल खेलेको आरोप नलागेको हैन् । तर, कर्पोरेटटी मिडियाको एउटा प्रमुख विज्ञापन दाता भएकाले त्यस्ता समाचारहरु तपशीलमा पर्दथे र पारिन्छन नै । यसपटक पनि मिडियामा एनसेलको करुणा र साहित्य प्रेमको विना लगानीको समाचार बनेर विज्ञापित भयो । कर्पोरेटटरहरुको मानविय चेहरा कति यर्थात हो र कति नाटकीय भनेर हेर्दा सतही रुपमा ठम्याउँनै सकिँदैन् । यो पनि विज्ञापन कलाको राम्रो सदुपयोग मान्नै पर्छ ।

व्यबस्थापकिय कला र दिर्घकालिन हित पछ्याउन सक्नु र बौद्धिकहरुलाई आफना एजेण्डा र नेतृत्वमा चलाउन सक्नु आधुनिक कर्पोरेटरहरुको सफलताको रहस्य हो । अझ सत्ता कर्पोरेटरहरुको प्रतुकुलतामा जानै सक्दैन, गठजोडमा चल्छ । आमूल परिवर्तनवादीहरु सधैँ सत्ता र कर्पोरेटरहरुको विपक्षमा हुन्छन् । बौद्धिकहरु, साहित्यकहरु, कवि र कलाकारहरु सनातनी समाजमा एक कदम अगाडि बढेर सोच्दछन् र सपनालाई सामाजिक तागत बनाएर सुसुप्त आत्माहरुलाई जागरुक बनाउँदै उनीहरु स्वयंमा रहेको शक्ति पहिचान गराउन ललकार्छन । त्यो विद्रोहको नाडी छाम्ने र बौद्धिक ऊर्जा दिने काम साहित्य, कला र मिडियाबाट हुन्छ । तर, यो कुरा संसारै भरका कर्पोरेटरहरुलाई अधिपत्य जमाउन ठूलो चुनौती बनेको छ । तब उनीहरुलाई विषयान्तर गर्न सामाजिक सरोकार र करुणा पलाउने गर्छ । जहिले पनि साहित्य र बौद्धिकहरुको विद्रोही सोँचको बन्ध्याकरण गरिदिए हितअनुकूलको जनमानस निमार्ण गर्न सकिन्छ भन्ने कर्पोरेटरहरुको दिर्घकालिन योजनाभित्र रन्हन्छ । आफना हित अनुकुल अथवा आफना संमानित पाहुँना बनाउँदै सोँच र एजेण्डा तय गर्न उनीहरु बौद्धिक र सहित्यिक मनुवाहरुलाई सम्मानित आदेश दिन्छन् । विगतमा सुविधाको भाषामा दुविधा पैदा गर्ने साहहित्य, कला, बौद्धिक क्षेत्र र मिडियामा विकासे प्रायोजन नभएको होइन । अझपनि चलेकेै छ तर कर्पोरेटको साहित्यीककरण भने अब लिटे«चर फेष्टिवल भएर झागिँदै छ । यो नेपाली संस्करण मात्र हो ।

रेडिमेड कारोबारी ब्रिटिस मुलकी फेक सिंहले भारतको जयपुर लिटे«चर फेस्टिवल सन् २००६ देखि सुरुवात गरिन् । राजघराना कि चतुर बुहारी थिइन् । जयपुर पश्चिमाहरुको पर्यटकीय आर्कषणको केन्द्र थियो नै । कारोबारको मानवीय र करणामय चेहरा देखाउँदै व्यवसयाय फस्टाउन थालेको त्यो पहल सार्थक मात्र भएन, एकातर्फ वाह….. वाह अर्कातर्फ व्यबसायको बृद्धि । तब ठूला कर्पोरेटट हाउसको आँखा पर्यो । तामझामसँग गरिने लिट्रेचर फेस्टिवलले तत्कालिन दानशीलता, करुणा र आर्दशकोे प्रचार मिल्यो भने दिर्घकालिन फाईदा बौद्धिक व्यबस्थापनको मर्म बुझे । त्यसैले अहिले त्यसको मुख्य प्रायोजकमा टाटा र बेदान्त स्टिल कम्पनीहरु बने । त्यसैको सिको हालै नेपालमा पनि बुकमर्क र एनसेलको अगुवाईमा थालियो । जस्फेका सेलिव्रेटी आउटलुकका सम्पादक बिनोद मेहता नेस्फेका पनि आकर्षणका केन्द्र बने । पाठक, लेखक, विदेशी श्रष्टा र बौद्धिक व्यक्तित्वहरुलाई एकै ठाउँमा जमघट गराएर अनेकौं सत्रमा विविध विषयमा छलफलहरु पनि भए । तर, नेपाली समाजमा हस्तक्षेपकारी भूमिका निभाएको दशक लामो जनयुद्धले पारेको प्रभाव भने बहसको विषय बन्न पाएन् । त्यसले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हस्तक्षेपकारी भूमिकाले के, कस्तो असर पार्यो ? भन्ने कुरा कुशलतापूर्वक विषयान्तर गरियो । सन्दर्भवाट खारेजै गर्न नसकिने विषय पनि खारेज गरेर बौद्धिक लालमोहर लगाउनु कर्पोरेटटी उत्सवको अहंम पक्ष बन्यो । त्यसैसँग अनेकौं प्रश्नहरु पनि जन्मिए ।

जहाँ केही पनि नयाँ हुन्छ भने त्यसको स्वागत गरिनु पर्दछ । तर, जे भइरहेको छ त्यसलाई पनि आलोचनात्मक नजरियाबाट हेर के फरक पर्छ ? हो, आलोचनात्मक नजरिया भनेको वैज्ञानिक आधारबाट पैदा हुँने जिज्ञाशा र प्रश्नहरु हुँन् । ती हुन– यस्ता कार्यक्रमहरु के, कस्तो, कसको प्रायोजन र त्यसबाट उपलब्धी किन, केको लागि गरिन्छ भन्ने प्रष्न उठ्छन । कार्य कारण र परिणामलाई जोडेर उद्देश्यमाथी नियाल्नु । साँच्चै नै संसारकै कर्पोरेटटहरु त्यती करुणमयी छन त ? भन्ने हो । हरेक कर्पोरेटट जस्तै एनसेलको ‘साहित्य प्रेम र संवेदनशील हृदय र करुणालाई’ उसका व्यवसायीक गतिविधि र आचरणबाट कटाउन मिल्दैन, जस्तो जयपुर लिट्रिचर फेस्टिवलका मुख्य प्रायोजक बेदान्ता र टाटाहरुको खनिज मोहलाई ।

अहिले मिडिया, साहित्य र बौद्धिक सक्रियता भित्रका रुप,चरित्र र वर्गपक्षधारिता र सामाजिक मनोविज्ञानबारे गम्भीर अध्ययन गरियो भने अनेकौँ विभत्सता देख्न पाइन्छ । राजनीतिमा त हरेक कामको परिणाम तत्काल हुन्छ् तर कला ,साहित्य र बौद्धिक सक्रियताको परिणाम भने सुस्तसुस्त पर्छ तर त्यो स्थायी प्रकारको भने हुन्छ । नेपाली राजनीतिक परिवर्तनमा आएको मौन टकराहट बढदैजाँदा के, कस्तो सोच्ने र गर्ने भन्ने मनोदशा तय गराउने खेल पनि मिडियामा त्यतिकै बढेको छ । सामाजिक मनोदशा तय गराउन जहिलेपनि कला,साहित्य र मिडियाको अहंम भूमिका हुँनेहुँदा त्यस्का विविध पाटा र पक्षबारे छलफल गरेर मात्र कुराभित्रका कुरा थाहा पाउन सकिन्छ । उदाहरणकै लागि संचारको तीब्र विकास साथै विगत दशकमै संसारैभर विभिन्न प्रकारका आन्दोलनहरु भए । कतिपय आन्दोलनहरु वास्तविक आन्दोलनबाट ध्यान विकर्षण गर्न पनि भए भने कतिपय तत् मुलुक र संस्कृतिका विरोधीहरुले लाउकेहरुलाई उचालेर गरिएका ध्वस्तलाई पनि आन्दोलन र क्रान्तिका नामहरु पनि दिइए ।

आवेगलाई अन्यन्त्र मोडन र भ्रम पार्न पनि सफल भयो । हरेक आन्दोलनको मर्म पहिल्याउन, उपलब्धीको रक्षा गर्न र नयाँ थालनी गर्न पनि सोही वर्गका जैविक बुद्धिजीबी पैदा गर्नुपर्छ भन्ने कुरा तीसको दशकमै इटालियन दार्शनिक एवं कम्युनिष्ट नेता एण्टिनियो ग्राम्स्कीले भनेको विषय अहिले अन्यन्त्र भन्दा झन् नेपालको सन्दर्भमा सार्थक भएको छ । फेष्टिवलका बहसमा पनि सो कुरा खट्कियो । टाटा र बेदान्ताले आदीबासी क्षेत्रमा प्रवेश र भारतीय सत्ताको सबभन्दा ठूलो सैन्य अप्रेसन ‘ग्रिन हण्ट’ एकैसाथ भएको थियो । एकातर्फ बेदान्ता आदीबासी प्रतिरोधको सल्वाजुडम भन्ने प्रतिरोधी दस्ताको व्यबस्थापन गरिरहेको थियो । सल्वाजुडम जस्तो आदिबासीहरुको नरसंहारको बर्दिविहीन अगुवाहरुलाई सरकारको अप्रत्यक्ष नेतृत्व थियो, अर्कोतर्फ जस्फे मुख्य प्रायोजक मध्य एक । तर, ग्रिन हण्टबारे र सल्वाजुडमबारे जस्फेमा त्यहाँको बौद्धिक छलफलको विषय बनेन् । आदीबासी क्षेत्रमा प्रवेश, त्यसको प्रतिकार, त्यसलाई हित अनुकुलको बौद्धिक व्यबस्थापना र मिडियालाई मूल विषयबाट विषयान्तर गराउनु थियो । सत्ता, मिडिया, कर्पोरेट र बौद्धिकहरुको गठजोडले यसलाई उत्सवमा फेरेर सामाजिक मनोदशा छाम्ने प्रयास त कतै टाटा–बेदान्ताले गरेनन् ? कर्पोरेटप्रतिको बौद्धिक धारणा के कस्तो छ र भविश्यमा बौद्धिक सरोकार र बजारको सुरक्षा कसरी हुँन सक्छ भन्ने अध्ययन त कतै थिएन ? बहस भए, छलफल भए तर आदिबासी क्षेत्रका भएको खनिज दोहन, विस्थापनविरुद्ध भएका प्रतिकारहरु जयपुर लिट्रचर फेष्टिवलका बहसका एजेण्डा बन्न सकेनन् भने त्यहँका पाहुना बनाएर दुनियाँका चर्चित जनसरोकारका बौद्धिकहरु, साहित्यक व्यतित्वहरु पनि निम्त्याइएनन् । यहाँपनि भारतीय प्रख्यात साहत्यकार,चिन्तक एवं जनरोकारका व्यक्तित्वहरु नमित्याउनु पछाडि संयोग नै हो कि कर्पोरेटटी योजनामा । अरुन्धति राय, वैजन्ती नैनन्, सिदार्थ बरद राजन र महास्वता देवीजस्ताको साक्षत्कार गर्ने मौकाबाट नेपाली साहित्य र सामाजिक सरोकार राख्नेहरु चुके । नेपालप्रति सुक्ष्म विश्लेण गर्ने भारतीयहरुको जमघट पनि हुँन सकेन् ।

सत्ता र कर्पोरेटलाई बौद्धिक व्यबस्थापन हर्दम चुनौतीका विषय बन्छन् । कवी, साहित्यकारलाई एजेण्डामा कुनै सत्ताले पनि चलाउन सक्दैन् । उनीहरु स्वंसेन्सरशीप कहिल्यै गर्दैनन् । तर, जहिलेपनि मिडिया र बजारको अनौंठो लगनगाँठो भने जोडिएको हुन्छ । अझ साहित्यक संस्था र उनीहरुका पुरस्कार, आथित्य, सम्मान, आयोजन र प्रायोजनभित्रका कथा÷व्यथा र रहस्य नांगेझार भयो भने धेरैका रहस्य खुल्छन् । तर जसले रहस्य खोल्नु पर्ने हो तिनै बौद्धिक चाकरमा फेरिए भने त्यो कुरुपता विस्मृतिको गर्भमा छिप्छन् । आज कयौं साहित्यक संस्थाले सम्मान गरेको र गर्ने पात्रहरुलाई नियाल्दा सम्मान लिने र दिनेहरुमा को सम्मानित भयो भन्ने खुट्याउन गाह्रो पर्छ । पुरस्कार हैन् सम्मान वा कदर भन्ने शब्द प्रयोग गर्नुपर्छ भन्ने रामेश र रायनको भनाई सान्र्दभिक रहन्छ् । अझ पुरस्कार दिने सम्मानित भयो कि स्वकार्ने पत्तो पाउन पात्र र प्रवृति नै नियाल्नु पर्छ । कार्यक्रमको प्रायोजकको सामाजिक उत्तरदायित्वकै आधारमा त्यस्ता उत्सवहरु मूल्यांकन हुने गर्छन् । जयपुर फेसनलाई पछयाउँदै भएको काठमाण्डु साहित्क फेष्टिवललाई पनि कर्पोरेटटी फेष्टिवल भने हुन्छ । त्यहाँ टाटा र वेदान्ता थिए यहाँ टेलिफोन बजारको एनसेल फरक यति हो ।

जब जनयुद्ध आफनै बेगमा हुँइकिँदै थियो यहाँ पनि ठूला दातृ संस्थाहरुमा साहित्यमा करुणा जाग्यो । बृति साहित्य लेखाइए । कतिपयमा जनयुद्धको विभत्स चित्रण गरिए भने मिडिया मिशन नै चले । साहित्य कर्पोरेटटी करण र एनजिओ संस्कृतिमा थप अर्काेपक्ष छ – देशका महत्वपूर्ण पुरस्कारको घोषणा र ततवर्षका प्रकासित महत्वपूर्ण कृति नियाल्ने हो भने सेटिंगको कुरा टड्कारो देख्न सकिन्छ । पुरस्कार सेटिङ, एजेण्डा सेटिङ, पाहुँना पनि सेटिङमा चल्छन्, हुन्छन्, निम्त्यान्छन् । कुनैपनि विषय पक्षधारिता हुन्छनै अझ दिर्घकालिन सोँचअनुसार चलेका योजनाहरु भित्रका कुरुपता र अवस्थाहरु अध्ययन गर्दै जाँदा रोचक हुन्छन् । अझ हेरौँ –एसियाकै नोवल पुरुस्कार भनिने फिलिपिन्सका पूर्वराष्ट्रपतिका म्यागासेसेको नाममा रहेको ठूलो राशीको पुरस्कारमा राशीको प्रायोजक अमेरिकी फोर्ड कम्पनी र सिआईए हुन् । सो पुरस्कारलाई भारतीय जनपक्षिय वैज्ञानिक एवं नयाँ शिक्षाका प्रणेता डा.सन्दिप पाण्डेले पुरस्कार स्वीकार गरे तर पुरस्कारको राशी भने अस्विकार ।

नोवेल शान्ति पुरस्कार त महाशक्तिको इसारामा हुने कुरा जगजाहेरै छ । अझ बिडम्नाको कुरा विश्वविख्यात समाजवादी नेतृ र चिन्तक रोजा लक्जेम्वर्गको नाममा खोलिएको लक्जेम्वर्ग फाउण्डेसन पनि सिआइएको फण्डिङमा चलेको छ । गतवर्ष त्यस संस्थाका दिल्ली आवासीय प्रतिनिधि नेपाल आएर माओवादी बुद्धिजीबी संगठनलाई यसो र उसो गर्नुपर्छ भनेर उपदेश दिएर फर्के । उनको चासो र चिन्ता रोजाको सोँचअनुसार नभई पश्चिमाहरुको हितअनुसार थियो भने माओवादी बुद्धिजीवी नेतृत्वहरु भने रोजाको प्रतिनिधि पाएर मख्ख । रोजा फाउण्डेसन र म्यागासेस पुरस्कारबारे अध्ययन गर्ने कसलाई फुर्सद ! मात्र डा. संदिप र अरुन्धति राय पढे पनि पर्याप्त हुन्थ्योे । जस्फेको अध्ययन गरे टाटा र बेदान्ताको भूमिकामा रहेको एनसेल लिट्रेचर फेष्टिवल बुझिन सकने छ । सेलिब्रेटीमा मुख्य सम्पादकहरुलाई नै मुल पगरी गुथाई दिएपछि त समाचार र आलेख बनेर विज्ञापित प्रचार हुने प्रमुख हिन्दी र अन्य भाषाको भास्कर पत्रिका र अन्य भारतीय बजार मिडियाले जयपुरमा भूमिका निभाएझैं यहाँपनि कपीपेष्ट भयो नै । जो कर्पोरेटीकरणविरुद्धमा हुन्थ्यो त्यसैलाई पगरी गुथाइदिएपछि त कर्पोरेटी महिमा मण्डित हुने नै भयो । यो कला बजारलाई थाहा हुन्छ, जमेर कर्पोरेटले उपयोग गर्छ । अहिले एस्फेको महिमा मण्डित गर्नु बौद्धिकहरु साहित्यक प्राणीहरुले पनि कसिँदा कस्नुमा कवी विमल निभाकै भनाई ‘कर्पोरेट जगतले साहित्यमाथी अधिपत्य जमाउन लागेको हो की भन्ने भान भयो’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]