Dabali News

Ad

देशभरका एनसेल टावरमा अाजगनी, तुरुन्त कर नतिरे बाँकी पनि ध्वस्त पार्ने नेकपाको चेतावनी

१ फागुन

काठमाडौं । कर तिर्न अानाकानी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एनसेलका देशैभरीका टावरमा अागजनी गरेको छ । कर तिर्ने प्रतिवद्धता एनसेलले पूरा नगरेको भन्दै नेकपाले सोमबार राति देशभरका टावरमा अागजनी गरेको हो ।

एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यसपछि एनसेलले सम्पूर्ण बाँकी कर तिर्ने प्रतिवद्धता गरेको थियो । एक वर्षसम्म पनि बाँकी कर नतिरेपछि नेकपाले पुनः अागजनी सुरु गरेको छ ।

एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा अागजनी गरेको छ ।

सोमबार राति काठमाडौंका दुई, भत्तपुरमा एउटा, ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको टावर, धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडास्थित रहेको टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, चितवनको सौराह नजिकै बछेनस्थित टावरमा अागजनी गरिएको हो ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, कैलालीको टिकापुर र जानकीनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी गरेको छ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ ।

मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावर ।

एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले पटकपटक कर तिर्न आग्रह गर्दै आएको थियो ।

ती क्षेत्रहरुमा एनसेलको सेवा अवरुद्ध भएको बताइएको छ ।

एनसेलमाथिको अागजनीको विषयमा नेकपाले अाधिकारीक धारणा सार्वजनिक त गरेको छैन । अाफ्नो पार्टीसँग गरेको प्रतिवद्धता अनुसार कर नतिरे बाँकी टावर पनि ध्वस्त पार्ने नेकपाले चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले हालै लाभांश विदेश लैजान नरोक्ने भन्दै गरेको फैसलापछि सर्वसाधारण अाक्रोसित भएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]