Dabali News

Ad

अान्दोलनको लागि तयार रहन कार्यकर्तालाई राप्रपा अध्यक्षको निर्देशन 

२९ माघ

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक अान्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

संगठन सुदृढ तथा प्रशिक्षण कार्यक्रमको कैलाली पुगेका अध्यक्ष थापाले पार्टीले लिएको नीति र सिद्धान्तमाथि देशी विदेशी शक्तिहरुले अाक्रमण गरिरहेको बताउँदै त्यसको प्रतिवाद गर्नु पर्ने बताए । थापाले पार्टीमाथि गरिएको हमलालाई परास्त गर्न नसक्दा चुनावमा हारको सामना गर्नु परेको बताए ।

सोमबार कैलालीको धनगढीमा अायोजित अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै थापाले पार्टीले छिट्टै सडक संघर्षको घोषणा गर्ने र त्यसको लागि तयार रहन निर्देशन समेत दिए ।

राप्रपाले देशैभरी अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा चुनावको समिक्षा गर्दै संगठन सुदृढ र विस्तार अभियान जारी राखेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]