Dabali News

ठेकेदारको घरमा जुट्‍यो सहमति, प्रचण्ड सहअध्यक्ष हुन तयार ! जनयुद्ध दिवसमा एकता

२९ माघ

काठमाडौं । केही दिनदेखि ब्रेक लागेको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको बहसले अाजबाट फेरि राजनीतिक बजार तताएको छ । एमालेका अध्‍यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्तापछि एकताले बजार तताएको छ ।

विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको निवासमा सोमबार भएको वान टु वान वार्तामा ओली र प्रचण्ड एकताको नजिक पुगेको बताइएको छ । अधिकारीको मान भवनस्थित निवासमा भएको छलफलको क्रममा पार्टी एकता र सरकार गठनमा गम्भीर छलफल भएको बताइएको छ ।

विशेषगरी एकताको मोडालिटीमा सहमति जुट्‍न नसक्दा एकता प्रक्रियामा ब्रेक लागेको थियो । स्रोतका अनुसार दुबै अध्यक्ष सहअध्यक्ष बनेर अगाडि बढ्ने सहमति भएको बताइएको छ । करिब ३ घण्टासम्म चलेको  वार्तामा प्रचण्डले जनयुद्ध दिवसको अवसरमा पार्टी एकता गरे राम्रो सन्देश जाने भन्दै फागुन १ गते नै पार्टी एकताको घोषणा गर्ने र बाँकी विषय मिलाउँदै जाने प्रस्ताव राखेको तर ओलीले नेताहरुसँग फेरि बस्‍नुपर्ने बताएका थिए ।

अाजको वार्ता निकै सफल भएको र जनयुद्ध दिवसको अवसरमा पार्टी एकता हुन सक्ने माओवादी केन्द्रका एक नेताले बताए । अाजको बैठकले माओवादी केन्द्रका नेताहरुलाई निकै उत्साहित बनाएको छ । तर, भोलि नै ओली तयार नभएपनि माके नेताहरु जनयुद्ध दिवसको अवसरमा पार्टी एकता हुनेमा अाशावादी छन् ।

यसअघि एमाले उपाध्यक्ष वामदेव गौतमले प्रचण्डलाई अध्यक्ष दिने र एमालेको शक्तिशाली महासचिव बनाएर एकता गर्ने प्रस्ताव गरेका थिए । त्‍यसबारे पनि ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ ।

 

गौतमको प्रस्तावभन्दा संक्रमणकालिन विधान बनाएर दुबै सहअध्यक्ष हुने र एउटाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने मोडालिटीमा ओली र प्रचण्ड सहमति नजिक पुगेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]