Dabali News

राष्ट्रसंघको चासो, शरणार्थी महिला र बालबालिका यौनहिंसाको शिकार बन्दै

२९ माघ

काठमाडौँ । शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुर्व्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसिआरले जनाएको छ ।

एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुर्व्यवहार हुने गरेको पाइएको छ । नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेका शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो देखिएको थियो ।

नियोगले भनेको छ, ‘हामीले हालै पाएको यस्तो अवस्थाबाट हामी निकै चिन्तित छौँ र यसको निराकरणका लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ ।’उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।

ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो । सहभागी भएका ६२२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।

यस्तो प्रतिवेदनले नियोगलाई निकै चिन्तित तुल्याएको भन्दै ती बेसहाराहरुको अधिकार संरक्षणका लागि सरकारले विशेष ख्याल गर्नुपर्नेमा युएनएचसिआरका प्रवक्ता सिसिले पाउलीले बताए ।

शरणार्थी शिविरहरुमा सुरक्षा र न्युनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरु बनाएर काम गर्न पनि उनको आग्रह छ ।
ती शिविरहरुमा कम्तीमा पनि ५ हजार ५०० जना शरणार्थी बसेका छन् । उनीहरु ती शिविरको क्षमताभन्दा बढीको संख्याका हुन् । उनीहरुको अवस्था सुधारका लागि ध्यान दिनुपर्ने नियोगले जनाएको छ ।

अनुसन्धानमा संलग्न भएका महिला र बालिकाहरुले आफूहरुमाथि यौनजन्य हिंसा हुने गरेको र लैंगिक विभेदका पनि कैयौँ घटना सहनुपरेको धारणा राखेका थिए ।

विभिन्न देशमा असुरक्षा, आन्तरिक द्वन्द्व, गरिबी तथा विविध कारणले गर्दा नागरिकहरु देश छोडेर भाग्नु परिरहेको छ । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थीका रुपमा बसिरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]