Dabali News

Ad

पोखरेलले फेरि गरे अपमानः माके भुलुक्क अाएको पार्टी हो, एकता सजिलो छैन

२९ माघ

काठमाडौं । एकता निर्णयक मोडमा पुगेको बेला नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबारे फेरि नयाँ तर्क सार्वजनिक गरेका छन् । चुनाव सकिएलगत्तै पार्टी एकताविरुद्धमा अभिव्यक्ति दिएर विवादित बनेका पोखरेल केही दिनदेखि बोलेका थिएन । तर एकता जटिल मोडमा पुगेको बेला पोखरेलले गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो गरी एकता सहज नभएको बताएका छन् ।

नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको सोमवार उद्घाटन गर्दै महासचिव पोखरेलले माकेसँग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेको खुलासा समेत गरे ।

‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि ! गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’

महासचिव पोखरेलले एमालेको केन्द्रीय समिति २ सयको भएपनि माकेको ४ हजार सदस्यीय भएको बताउँदै माथिदेखि तलसम्म धेरै मिलाउनु पर्ने बताउँलै तत्काल एकता सम्भव नभएको घुमाउरो भाषामा तर्क गरे । उनले अपमान हुनेगरी माओवादी केन्द्र भुलुक्क अाएको पार्टी भएको बताउँदै एमाले त्यस्तो नभएको बताए । पोखरेलले एमाले सेटमा रहेको र माओवादी केन्द्र गन्जागोलबाट अाएको बताए ।  ‘एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन, एउटा डालोको चामल अर्कोमा खनाइने जस्तो होइन’ महासचिव पोखरेलले भने ।

पार्टी एकताबारे सुरुदेखि नै फरक मत राख्दै अाएका पोखरेलले संगठनको मामिलामा एमाले र माकेबीच आनकातान फरक रहेको भन्दै मिल्नका लागि समान आधार चाहिने बताए ।

महासचिव पोखरेलले सरकार सरकार संविधान र संसदको तालिका अनुसार गठन हुने तर पार्टी एकताका लागि समय लाग्ने धारणा राखेका राखे ।

  • एमाले महासचिव इश्‍वर पोखरेलको फोटो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ- सम्पादक
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]