Dabali News

आतिशबाजीदेखि तोप बढाइँसम्म, शिवरात्रिका अवसरमा सेना दिवस

२९ माघ

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाले शिवरात्रिका अवसरमा मुलुकभर सेना दिवस मनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी हुने छिन् ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड शस्त्राभ्यास, प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुने छन् ।

नेपाली सेनाको ब्याण्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्याण्डसँग मिलेर संयुक्तरुपमा गीति नाट्य प्रस्तुत गर्नका साथै समापनको अवसरमा आतशवादीसमेत गरिने छ ।

समारोह अपराह्न ५ बजे शुरु भई करिब साँझ ७ बजेसम्म चल्ने छ । नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको छ ।

सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।

जंगी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने छ ।

संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा ४ हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् ।

कङ्गो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबियामा शान्ति सेनाका रुपमा परिचालित छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल छैटौँ स्थानमा छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]