Dabali News

को हुन् रवि ओड ? अछामदेखि कञ्चनपुर, दोहोरी साँझदेखि नेपाल आइडलसम्म

७ पुस

काठमाडौं । नेपाल आइडल–२ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार भएको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओडले उपाधि हात मार्न सफल भएका हुन् ।

गरिब अझ सुकुम्बासी परिवारमा हुर्केका ओडले रु २२ लाख, कार र गोल्डेन ट्रफी पाएका छन् । त्यसैगरी आइडलको फस्र्ट रनरअप कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठकलेरु १२ लाख पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको थर्ड रनरअप झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

को हुन् रवि ?

कञ्चनपुरको गुलरियामा जन्मेका रविका आमाबुबा अछामको बुढाकोटबाट बसाई सरेका थिए । अछाममा जिविकोपार्जनमा समस्या भएपछि रविका बुबा राजेन्द्र र हजुरबुबा तराई झरेका थिए । उनीहरुले भारतका गल्लीमा काम गरेर परिवार पाल्दै आएका थिए । रविको बाल्यकाल पनि अभाव र गरिबीको बीचमा हुर्कियो ।

फाइलन हेर्न काठमाडौँ पुगेकी आमा उमाले निकै दुःख गरेर हुर्काएको छोराले यति सफलता गर्ला भन्ने नलागेको बताउँछन् । रबि २०५४ सालको चैत्र महिनामा जन्मिएका थिए । उनी तेस्रो सन्तान हुन । अछाम छोडेकै रात रविको जन्मिएका थिए । बुढाकोट हाल साँफेबगर नगरपालीकामा पर्दछ ।

लोटस आइ स्कुलमा १२ मा अध्यनरत रवि गीत संगीतबाट प्रभावित थिए । हजुरबुबाले सुदूरपश्चिमको देउडा गीत गाउन सुनेका रवि आफ्नो प्रेरणाको स्रोत त्यही भएको बताउँछन् ।

गीत संगीतप्रतिको बढ्दो लगाभकै कारण धनगढीको केही समयदेखि दोहोरी साँझमा गीत गाउन थाले । ‘पश्चिम सेती दोहोरी साँझ’ तीन महिनासम्म गीत गाए । त्यसपछि उक्त दोहोरी साँझ बन्द नै भयो ।

रविले देउडा, लोक, आधुनिक, पपल सबै गीत गाउँन सक्छन् । नेपाल आइडलको छनोटमा प्रदेश ७ बाट उनी छनोट भएका थिए । धनगढी अडिसनबाट छनोट भएका रवि नेपाल आइडलको उपाधि हात पारेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।

योसँगै उनी गरिबी र अभावबाट मुक्त हुने अपेक्षा गरिएको छ । गुजराको लागि गत चुनावमा म्यादी प्रहरी समेत भएका थिए । अहिले पनि रविका परिवार काँचो इट्टा र टायलको घरमा बसिरहेका छन् । अब उनको घरले मुहार परिवर्तन गर्ने अपेक्षा उनको समर्थकहरुले गरेका छन् ।
दैनिक गुजरामा समस्या आएपछि रवि १२ वर्षको कलिलो उमेरमा भारत गएका थिए । तर, काम गर्न नसकेर घर फर्किए । गीत संगीतको क्षेत्रमा अहिले जसरी सफलता प्राप्त गर्दै गए रविको अगाडि त्यो दिन आउने छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]