Dabali News

Ad

आइसीसी विश्व क्रिकेट लिग चौथो खेलमा नेपाल अहिले केन्यासँग खेल्दै

२८ माघ

काठमाडौँ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ ।

खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै केन्याले अहिले ब्याटिङ गर्दै छ ।

केन्याविरुद्ध खेल्दै अनिलकुमार शाहले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गरेका छन् । अनिल ओपनर दिलीप नाथको स्थानमा टोलीमा आएका छन् ।

६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् ।

तीन खेलको समाप्तिसम्म ६ अंक जोडेको क्यानडा शीर्ष स्थानमा रहँदा ४ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । युएई, नामिबिया र ओमनले २–२ अंक जोड्दा केन्याले हालसम्म अंक जोड्न सकेको छैन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]