Dabali News

न्यूयोर्क विश्वका सबैभन्दा धनी शहरको सूचीमा, देशको सूचीमा भारत छैठौं स्थानमा

२९ माघ

काठमाडौँ । विश्वका धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ ।

न्यू वल्र्ड वेल्थ रिपोर्टले विश्वका धनी १५ शहरको सूची सार्वजनिक गरेकोमा न्यूयोर्क पहिलो नम्बरमा परेको छ ।

बेलायतको लण्डन दोस्रो, जापानको टोकियो तेस्रो र अमेरिकाको सनफ्रान्सिस्को चौथो नम्बरमा छ ।

पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाई परेका छन् । भारतको मुम्बई पनि विश्वको धनी शहरको सूचीमा १२ औं स्थान परेको छ ।

सबैभन्दा धनी देशको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८ हजार २३० बिलियन डलर सम्पत्ति छ । शहरको कूल सम्पत्तिको गणनामा व्यक्तिको निजी सम्पत्ति मात्र गणना गरिएको छ ।

व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]