Dabali News

ग्रामीण सम्पर्क सुधार परियोजनालाई १० अर्ब ऋण सहयोग

२९ माघ

काठमाडौँ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनः संरचनाका निम्ति १० करोड बराबरको प्राविधिक सहायता उपलब्ध गर्ने छ ।

ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

१६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाउने र ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार गर्ने छ ।

व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्ने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]