Dabali News

वृद्धाभत्तालगायत बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने माग

२९ माघ

काठमाडौँ । ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् ।

भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन् ।

ऐनमा व्यवस्था भए अनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनु पर्ने लगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।

ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् ।

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको बताए ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु.१०० बाट शुरु गरेका वृद्धभत्ता अहिले दुई हजार पुगेको छ ।

ज्येष्ठ नागरिक दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ ।

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या २५ लाख अर्थात कूल जनसंख्याको ८.१३ प्रतिशत छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]