Dabali News

अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा ४० देशमा म्युजिक कन्सर्ट हुने

२९ माघ

काठमाडौँ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।

एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा सुरुवात नामक संस्थाले भक्तपुरमा कन्सर्ट गर्न लागेको हो ।

भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ ।

चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रम मार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए ।

सांगीतिक कार्यक्रममार्फत युवालाई कण्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको बताइएको छ ।

भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डर्म याली हुने र्र यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने छ ।

एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल एनएपिएनको राष्ट्रिय सञ्जालअन्तर्गत म्युजिक कन्सर्ट हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]