Dabali News

दार्चुला र बैतडी हेर्नेे गरी स्वास्थ्य कार्यालय बैतडीको स्थापना

६ पुस

काठमाडौं । बैतडी र दार्चुला कार्यक्षेत्र रहने गरी बैतडीमा सामाजिक बिकास मन्त्रालय अन्र्तगत प्रदेश सरकार मातहतामा रहने गरी स्वास्थ्य कार्यालय बैतडीको स्थापना गरिएको छ ।

आज सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले उदघाटन गरेका हुन् । बैतडीमा स्थापना भएको स्वास्थ्य कार्यलयले दार्चुला र बैतडीको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बैतडी जिल्लामा स्थापना गरीएको स्वास्थ्य कार्यालयले समन्वयकारी भुमिका निर्बाह गर्ने बताए ।

सुदुरपश्चिम प्रदेश सम्रग स्वास्थ्य क्षेत्रमा कमजोर रहेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रका जिम्मेवार व्यक्ति तथा संस्थाले कटीबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश सासंद प्रेम प्रकाश भट्टले कुनै बेला देशकै छैंटौ नं.मा पर्न सफल स्वास्थ्य चौकीको रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यालय अहिले कर्मचारी अभावले गर्दा अस्तव्यस्त रहेको बताए ।

देश संघियतामा गएपछि पहाडी जिल्लामा कर्मचारी आउन नमान्ने भएकाले अहिले यो अवस्था आएको पनि उनको भनाई छ ।

यस्तै सामाजिक बिकास मन्त्रालयबाट बैतडी जिल्लामा मात्रै स्वास्थ्य क्षेत्रमा १६ करोड भन्दा बढी बजेट आएको सांसद लिलाधर भट्टले बताए । जसमध्ये जिल्ला अस्पताललाई व्यवस्थित र नमुना अस्पताल बनाउनको लागी ५० लाख, जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको लागि ३० लाख, दशरथचन्द नगरपालिकाको स्वास्थ्य सुधारका लागी १८ लाख लगायत प्रत्येक स्थानिय तहहरुमा १२ देखि १८ लाखका दरले सामाजिक बिकास मन्त्रालयबाट बिनियोजन गरिएको बताए ।

स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले समग्रमा बैतडी जिल्लाको स्वास्थ्य अबस्थाको जानकारी गराएकी थिईन् । जस अनुसार बैतडीमा ६५ बर्थिङ सेन्टर, ६१ वटा सुरक्षित प्रसुती केन्द्र, परिवार नियोजनको आधुनिक साधनहरु बितरण गर्ने स्वास्थ्य संस्थाहरु २७ वटा रहेको बताईन् ।

बैतडी जिल्लामा अहिले एचआईभी पोजेटिभ २०७ जना रहेको मध्ये १११ जनाले मात्रै एआरटी सेवा लिईरहेको उल्लेख गरिन् ।

जिल्ला समन्वय समिति बैतडीका संयोजक शिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, बिभिन्न कार्यालयका प्रमुख, राजनैतिक दल, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]