Dabali News

Ad

चक्कु प्रहरबाट एक जनाको मृत्यु, १२ घाइते

२९ माघ

काठमाडौं । बेइजिङको व्यापारिक मुख्य केन्द्रमा रहेको एक व्यापारिक भवनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे गरिएको आक्रमणमा घाइते हुने सबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जना पुरुष छन् भने नौ जना महिला छन् । घाइते सबै खतरामुक्त रहेका बताइएको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको भनिएका एक जनालाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

झु थर भएका चीनको मध्यहेनान प्रान्तको सिहुवा काउन्टीको ३५ वर्षीय बासिन्दाले घटनाको जिम्मेवारी लिइसकेको प्रहरीको दावी छ । झुले आक्रमण व्यक्तिगत शिकायतका कारण गरेको स्वीकारेका बताइएको छ ।

घटना भएको समय भवनको पाँचौ तलामा एक रेष्टुरेन्टमा खाना खाइरहेको बताउने प्रत्यक्षदर्शीले सिन्ह्वा संवाददातासँग भनिन्, मैले खाना खाइरहेका वेला एक मानिसले एक्कासी झोलाबाट चक्कु झिकेर किनमेलमा व्यस्त महिला तथा पुरुषलाई एकपछि अर्को गर्दै आक्रमण गर्यो ।

चीनको इन्टरनेटबाट बाहिर आएको एक भिडियोमा व्यापारिक भवनको एक भागमा रगत पोतिएका देखिएको छ । घटनास्थलमा एकजना घाइतेको घाँटीमा गहिरो चोट लागेको देखेको रेष्टुरेन्टका ‘सेफ’ले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]