Dabali News

‘डाइक्लोफेनेक’ मुक्त भोजपुर ६८ औँ जिल्लाको रुपमा घोषित

५ पुस

काठमाडौं । गिद्ध संरक्षणका लागि भोजपुर जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।

पछिल्लो समय विश्वबाट गिद्ध लोप हुँदै गएकाले नेपालमा पनि यसको संरक्षणका लागि भोजपुर जिल्लालाई ६८ औँ जिल्लाको रुपमा घोषणा गरिएको हो ।

विश्वमा पाइने गिद्धमध्ये नेपालमा ९ प्रजातिका गिद्धको संरक्षणका लागि आज सरोकारवाला निकायको सहभागितामा डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो ।

गिद्धको आहारा सिनोको अभाव र पशु उपचारमा डाइक्लोफेनेकको प्रयोगका कारण गिद्धको मृत्यु हुने भएकाले प्राविधिक, औषधि व्यवसायी र सरोकारवालालाई गिद्ध संरक्षण अन्तक्र्रिया गरिएका छ ।

कार्यक्रममा पशुपंक्षीमा डाइक्लोफेनेक औषधि प्रयोग नगर्नसचेत गराइएको, जिल्लामा औषधिको प्रयोग नभएको, नेपालमा पशु डाइक्लोफेनेक औषधि उत्पादन गर्ने कुनै कम्पनी नभएको, नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमासमेत प्रतिबन्धित भएको, डाइक्लोफेनेक जिल्लामा निजी एग्रोभेट अनुगमन गर्दा डाइक्लोफेनेक नपाइएपछि जिल्लालाई गिद्ध संरक्षण तथा पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लालाई डाइक्लोफेनेक मुक्त बनाउनका लागि घोषणापत्रमा जिल्लाका सरकारी कार्यालयका प्रमुख, व्यवसायी सञ्चारकर्मीलगायतले हस्ताक्षर गरेका छन् । सहभागीले जिल्लालाई डाइक्लोफेनक मुक्त जिल्ला घोषणा गरिए पनि गिद्ध संरुक्षणका लागि चेतनासँगै अनुगमन गर्नुपर्ने बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]