Dabali News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको नयाँ भवन उद्घाटन, प्रदेशकै ठूलो अस्पताल (फोटोफिचर)

२८ माघ

जुम्ला ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन् ।

जुम्लाको खलंगामा रहेको ३ सय बेडको अस्पतालको नयाँ भवनको प्रधानमन्त्रीले अाइबार उद्घाटन गर्दै जुम्लामा शिक्षण अस्पताल हुन प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताए । प्रधानमन्त्रीले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए ।

“जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरीलगायतका बहुवर्षीय योजनाहरु छिटो अघि बढाउनुपर्छ,” प्रधानमन्त्रीले भने ।

हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको बताउँदै प्रधानमन्त्री देउवाले एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक बोहराले ६ नं प्रदेशको स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरु प्रभावकारी रुपमा अगाडि बढाइने बताए । प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवासमेत थप गर्ने स्वास्थ्यमन्त्रीले बोहराले प्रतिवद्धता जनाए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले राज्यको बजेट बाँडफाँडमा योजना आयोगको नजरबाट कर्णालीमा स्थापित प्रतिष्ठान प्रथामिकतामा पर्ने विश्वास बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानबाट यहाँ डाक्टर पढ्न आउने र स्वास्थ्य पर्यटकीय क्षेत्रको ‘हब’ बनाउने योजना रहेको जोशीको भनाइ थियो ।

प्रतिष्ठान पहल समितिका संयोजक तथा प्रदेश सांसद नरेश भण्डारीले हवाई जहाज कुर्दा कुर्दै मृत्युको मुखमा जान बाध्य कर्णालीका नागरिकले स्वास्थ्य क्षेत्रमा न्याय पाएको बताए । “मेरो आमाको पनि जहाजमै निधन भएको थियो । त्यही घटनाले पिरोलिरहेको अवस्थामा २०६४ सालमा जुम्लाको जनप्रतिनिधि भएको बेला सबैको सहयोगमा प्रतिष्ठान स्थापना भयो” भण्डारीले भने ।

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठान सञ्चालनमा सबैको सहयोगको आवश्यकता रहेको बताए । वाग्लेले प्रतिस्ठानले कर्णालीका नागरिकलाई स्वास्थ्य सेवाको साथै दक्ष जनशक्ति उत्पादन गरेर राज्यलाई उपलब्ध गराउने बताए ।

अस्पताल निर्देशक धर्मराज गोसाईले अहिले २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टर प्रतिष्ठानमा कार्यरत रहेको जानकारी दिँदै प्रदेश नं ६ का १० जिल्ला र प्रदेश नं ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिस्ठानको शिक्षण अस्पतालको उक्‍त भवन ७५ करोडमा निर्मित भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानद्वारा प्रकाशित ‘जनरल अफ कर्णाली एकेडेमी अफ हेल्थ साइन्स’ पुस्तकको विमोचन समेत गरेका थिए । उद्घाटन समारोहमा देउडा समेत खेलिएको थियो ।

  • फोटोः अमृत बुढाथोकी मगर
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]