Dabali News

Ad

वर्षाका कारण नेपाल र युएईको खेल समयमा हुन सकेन

२८ माघ

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएई विरुद्धको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेन
नामिबियामा जारी प्रतियोगिताको खेल नेपाली समयअनुसार १ः१५ मिनेटमा शुरु गर्ने भनिए पनि वर्षाका करण सञ्चालन हुन नसकेको हो ।

दुवै टोलीका लागि खेल निकै महत्वपूर्ण छ । डिभिजन दुईको शीर्ष दुई स्थानमा रहनका लागि पनि दुवै टोलीलाई खेल जित्नै पर्ने बाध्यता छ ।

दुवै टोलीले समान २-२ अंक जाडेका छन् । दुई खेलमध्ये पहिलो खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार व्याहोरेको थियो भने युएईको नतिजा पनि समान छ ।

यसअघि पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

युएईले भने केन्यालाई पराजित गरेको थियो भने क्यानडासँग हार बेहोरेको थियो थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]